भारतमा एकजना महिला माथि गोली प्रहार भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार हो । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।
उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी उक्त महिलाको खुट्टामा गोली लागेर घाइते भएको कारण उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।
गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् ।
रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको बताएकी छन् ।