सवारी ज्यान मुद्दाको अभियोगमा बबी सोडारी पक्राउ परेका छन् । उनी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन् ।
गत पुस २ गते टीकापुरमा गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले ठक्कर दिदा ९९ वर्षीया दुर्गादेवी न्यौपानेको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृत्यु भएको थियो।
आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा बबीलाई पक्राउ गरेको जनाएको छ ।