चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्।
चौधरीले बुधबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्।
आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने भएका हुन्।
‘उहाँको नाममा पार्टी दर्ता गर्ने योजना छ, उहाँको नाममा नभए मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ,’ श्रेष्ठले भनिन्।
नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ।
डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए।