मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारीले नियुक्त भएका छन् । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको अवकाश पछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।
आइतबार मात्र मन्त्रालयबाट नियुक्ति पत्र बुझेका डा. अधिकारीले आजबाट नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन् । डा. अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।