नेकपा माओवादी केन्द्रले नयाँ नक्सा पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । जसमा लिपुलेक लिम्पियाधुरा, र कालापानीसहितको भूमि समेटिएको हुनुपर्ने छ ।
आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको हो।
पुस ११ गते सुरु भएको महाधिवशेनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज प्रस्तुत गर्दा नेपालको भूमिबारे उल्लेख नगरेको भन्दै प्रतिनिधिहरुले विरोध जनाएका थिए ।