टप खबर

मलमा एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार गरेको भन्दै १२ जना विरुद्ध मुद्दा

Lumbinikhabar Online

कम गुणस्तरको मल आयात गरेको आरोपमा अख्तियारले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहितका व्यक्तिका विरुद्ध मुद्दा दायर गरेको हो।

मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरुमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोप लगाएको छ ।

Tags

छुटाउनु भयो कि ?