News in Nepali

सेयर बजार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढ्यो

Lumbinikhabar Online

सेयर बजार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढेर २५८४ दशमलव ९१ विन्दूमा पुगेको छ।

आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५ दशमलव ०८ प्रतिशत बढेको छ। त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक ३ दशमलव ५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३ दशमलव ४२ प्रतिशतले बढेको छ।

त्यस्तै लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

Tags

छुटाउनु भयो कि ?