बारामा धानको उत्पादन बढेको छ । गत वर्ष भन्दा ६ हजार ३५२ मेट्रिक टन बढीले धान फलेको छ ।
समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
बारामा कूल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९९५, तराईतर्फ ६१ हजार ८१८ गरि कूल ६२ हजार ८२३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।