नेकपा माओवादी केन्द्रले १७४२ मतदाताको नामावली प्रकाशन गरेको छ । महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका लागि नामावली सार्वजनिक गरेको हो ।
केन्द्रीय सदस्य चयन सहमतिबाटै हुने नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचन हुने बताएका छन्।
प्रचण्डले क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।