भन्सार छली गरेको भन्दै प्रहरिले एकजना युवकलाई पक्राउ गरेको छ । ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि प्रहरीले उक्त युवकलाई पक्राउ गरेको छ ।करिब ६० लाख रुपैयाँ बराबरको सामग्री लोड गरिएको उक्त ट्रकसहित एक व्यक्तिलाई भन्सार छलीको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. २ का ३३ वर्षीय नसरुदिन मियाँ रहेका छन्। ट्रक चेकजाँच गर्दा उनी पक्राउ परेका हुन्।
ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि मियाँलाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले संचार माध्यमलाई जनाएको छ ।