News in Nepali

गुण एयरलाइन्सले काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरू गर्दै

Lumbinikhabar Online

आइतबार देखि गुण एयरलाइन्सले काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुरुवातको अवसर परेर निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले उडान थाल्ने भएको हो ।

गुणले काठमाडौं-सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं-सुर्खेतका लागि आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८:३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९:५० बजे उडान भर्ने जनाएको छ।

यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं-सुर्खेत रुटमा उडान गर्दै आएको छ।

Tags

छुटाउनु भयो कि ?