News in Nepali

भ्यालेन्सिया स्पान्योलसँग २-१ गोलले पराजित भयो।

Lumbinikhabar Online

स्पेनिस ला लिगाको मध्यम टोली भ्यालेन्सियालाई स्पान्योलको नमिठो धक्का लागेको छ। शुक्रबार रातिदेखि सुरू भएको १९औं राउन्डको खेलमा भ्यालेन्सिया स्पान्योलसँग २-१ गोलले पराजित भयो।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई हराउन स्पान्योलका राउल डे टोमस र जाभी पाउडोले गोल गरे। भ्यालेन्सियाका ओमार अल्डेरेटको गोल सान्त्वना गोलमा परिणत भयो।सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो।

Tags

छुटाउनु भयो कि ?