टप खबर

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकोप्टर मात्र बिकल्प

Lumbinikhabar Online

हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ । गोठ सार्ने क्रममा हिमपात भएर ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म ‘हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला’ भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकाले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु लामाले बताए।

उनका अनुसार पापुङको लोदेन खर्कमा अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन् ।लाक्पाटाँसीले शनिबार बिहान फोन गरेर आफूहरु हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिए । हिमपहिरोले लाक्पाटाँसीका २५ वटा याक पनि बगाएर लगेको बताए ।

Tags

छुटाउनु भयो कि ?