अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई नेपालमा लागू नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
नेमकिपाका कार्यकर्ताहरुले नयाँ बानेश्वरको संसद भवन अगाडि नै एमसीसीका विरुद्ब नाराबाजी गरिरहेका हुन्
तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् । कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्वरबाट आएका प्रदर्शनकारीहरुले पानी ट्यांकी अगाडि प्रदर्शन गरेका हुन ।