नेकपा माओवादी केन्द्रको पदाधिकारी सङ्ख्या एक अध्यक्ष सहित १५ जनाको हुने भएको छ ।
महाधिवेशन सुरु हुनु अघि बसेको केन्द्रीय समिति बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने गरी पदाधिकारी सङ्ख्या १५ हुने निर्णय गरेको हो ।
यस्तै, बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ ।