अस्ट्रेलियामा एक युवकले एक युवतीसँग शारीरिक सम्बन्ध राखिसकेपछि उनलाई सामाजिक संजालमा ब्लक गरिदिएको कारण उनले ती युवकमाथि बलात्कारको आरोप लगाइन् ।
यतिमात्र नभइ उनले युवकलाई ज्यान मार्ने धम्की दिएर बलात्कार र लुटपाट जस्ता गम्भीर आरोप लगाइन् । तर, अदालतमा उनका आरोप निराधार साबित भएका छन् । अदालतले उल्टै ती युवतीलाई हत्याको धम्की दिएको आरोपमा दोषी ठहर गरेको छ ।
एडिलेड नावको एक रिपोर्टअनुसार अस्ट्रेलियाको एडिलेडमा ती युवतीलाई आफ्ना पुरुष मित्रलाई ज्यान मार्ने धम्की दिएको, प्रताडना र अंगभंगको धम्की दिएको आरोपमा दोषी ठहर गरिएको हो । उनले आफ्ना पुरुष मित्रमाथि बलात्कारको आरोप लगाएकी थिइन् । एडिलेड जिल्ला अदालतमा भएको सुनुवाइमा युवकले बताएअनुसार २०१७ मा उनीहरुबीत सहमतिमै शारीरिक सम्बन्ध भएको थियो । त्यसपछि उनले युवतीलाई सामाजिक संजालमा ब्लक गरिदिएका थिए ।
अदालतमा अभियोजकले बताएअनुसार ब्लक गरिएपछि रिसाएकी युवतीले पुरुष मित्रलाई बलात्कारको आरोप लगाइन् । उनले फेसबुकमा फर्जी प्रोफाइल बनाएर ती युवकका साथसाथै उनका परिवारलाई समेत धम्की दिउकी थिइन् । अदालतले उनलाई पुरुष मित्रलाई मार्ने धम्की, प्रताडित गरेको, अंग भंग गर्ने धम्की, परिवारलाई प्रताडित गरेको आरोपमा दोषी ठहर गरेको छ । जनवरीमा अर्को सुनुवाइमा उनलाई सजाय सुनाइनेछ । युवती अहिले धरौटीमा बाहिर छिन् ।