नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरिएको थियो । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६