नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) आर्थिक सहयोगको विषयमात्र बन्नुपर्ने बताएका छन् ।
काठमाडौँमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए । उनले सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने स्पष्ट पारे।