नेपाली कांग्रेस का नेता शेखर कोइराला स्वत: केन्द्रीय सदस्य भएका छन्। १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता शेखर कोइराला स्वत: केन्द्रीय सदस्य भएका छन्।
कांग्रेसको विधानले नै सभापति पछि सबैभन्दा बढी मत ल्याउने दोस्रो व्यक्ति कार्यसमितिको स्वत: सदस्य रहने व्यवस्था गरिदिएको कारण कोइराला सजिलै केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । अब सभापति शेरबहादुर देउवाले सेखर कोइरालालाई मनोनीत गरिराख्नु पर्ने छैन ।
विधानको यही व्यवस्थाअनुसार कोइराला केन्द्रीय सदस्य भइसकेका छन्।
- देउवा २७३३ मतसहित सभापति निर्वाचित भएका थिए भने कोइरालाले १८५५ मत ल्याएका थिए