टप खबर

पाकिस्तानको कराचीमा ग्यास बिस्फोट हुँदा १४ जनाको मृत्यु

Lumbinikhabar Online

पाकिस्तानको कराँची सहरमा शनिबार ग्यास विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् । बन्दरगाह सहर कराँचीको पराचा चोकमा रहेको बैंकको भवनमा विस्फोट भएको थियो । घटनापछि उद्वारकार्य तीव्र पारिएको छ । घाइतेहरूलाई नजिकका अस्पताल लगिएको छ । विस्फोटको क्रममा भवनको संरचना भत्किनुका साथै झ्याल, ढोकाहरू उछिट्टिएर बाहिर उडेका थिए । विस्फोटको क्रममा घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा पनि व्यापक रुपमा सार्वजनिक गरिएको छ । घटनापछि १५ जनालाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको पाकिस्तानको सञ्चारमाध्यम डन न्यूजले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?