भुटानद्वारा प्रदान गरिने सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल्गी खोर्लो’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरिएको छ ।
शुक्रबार भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोस्टमा भारतीय प्रधानमन्त्री माेदीलाई त्याे पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।
‘भुटानी राजाबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुसी व्यक्त गर्नुभएको छ । भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौँको सहयोग र विशेष गरी कोभिड–१९ को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको छ । भुटानका राजाले भारतद्वारा विना सर्त बर्षौँदेखि पुर्याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।