गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेडिकेटेड डेस्क’ स्थापना, श्रम सम्झौता नभएका देशमा श्रम सम्झौता गर्नेलगायतका विषयका समस्या समाधान गर्न विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै गृहमन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न गृहसचिवलाई निर्देशन दिनुभयो ।