सर्वोच्च अदालतमा हालै सुरु भएको गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया अब उच्च अदालत र जिल्ला अदालतमा पनि लागू हुने भएको छ । बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको न्यायाधीशहरुको फुलकोर्ट बैठक बसेको थियो । न्यायालय सुधारका लागि भन्दै बार एसोसिएसनले आन्दोलन गर्नै आएको भने प्रधानन्यायाधीश राणासँग अन्य न्यायाधीशहरुले इजलास शेयर बन्द गरेका छन् । बारले प्रधानन्यायाधीश राणाको राजीनामा मागिरहेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६