बिजनेस

गोंगबुमा नयाँ “होटल ह्वाइट हाउस” उद्घाटन गर्दै कलाकार निर्मल शर्मा र उषा खड्गी

Lumbinikhabar Online

मंगलबार देखि काठमाडौंको गोंगबुमा ह्वाइट हाउस होटलको शाखा सन्चालनमा आएको छ । बुद्ध शाहीले संचालनमा ल्याएको उक्त होटललाई कलाकार दोय निर्मल शर्मा र उषा खड्गीले रिबन काटेर उदघाटन गर्नुभएको छ ।

उदघाटनका क्रममा कलाकार निर्मल शर्माले उक्त होटलको चर्चा गर्दै आफू पनि ब्रान्ड एम्बेसडरको रुपमा जोडिएको बताउनु भयो। उहाँले भन्नुभयो ” म लामो समयदेखि टुरिजम फिल्डमा लागिरहेको र रक्सी चुरोट र गाँजाको बिज्ञापनमा जोडिनु भन्दा एसमै जोडिनु उचित लागेर ब्रान्ड एम्बेसडको रुपमा जोडिएको हुँ” । निर्मल शर्मा संगै कलाकार तथा पुर्व मिस नेपाल उषा खड्गीले नेपालमै बसेर नेपाली व्यवसायीलाई सगाउनु सबैको जिम्मेवारी भएकाले होटलको ब्रान्ड एम्बेसडरको रुपमा जोडिएको बताउनु भयो। नेपालको पर्यटन प्रबर्द्धनमा एउटा कलाकारले जोडिन पाउनु अहोभाग्य भएको भन्दै खुसी समेत व्यक्त गर्नुभयो ।

सात करोड लागतमा सम्पन्न भएको उक्त होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् ।

स्वदेशी तथा विभिन्न देशहरुबाट नेपाल आउने पर्यटकहरुको बासस्थान र स्वास्थलाई मध्यनजर गर्दै उनीहरुको सहजताका लागि उक्त शाखा संचालनमा ल्याइएको बुद्ध शाहिले बताउनुभयो । सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो ।

Tags

छुटाउनु भयो कि ?