टप खबर

राम चन्द्र पौडेल : ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न खोजे

Lumbinikhabar Online

कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । पौडेलले सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै ओलीले महिनौंदेखि संसद्‍मा अवरोध गरेर संसद् विघटन सही थियो भनेर सिद्ध गर्न खोजेको बताएका हुन् । पौडेलले लेखेका छन्, ‘६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’

Tags

छुटाउनु भयो कि ?