कार्यक्रम

सन्ध्या गुरुङ्गले हात पारिन चौथो संस्करणको मिस गुरुङ्ग ईन्टरनेशनलको ताज

Lumbinikhabar Online

चौथो संस्करणको मिस गुरुङ्ग ईन्टरनेशनलको ताज ईलामकी सन्ध्या गुरुङ्गले हात पार्न सफल भएकी छिन । उनले ताज सहित नगद एक लाख सहित ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन भने फस्ट रनर अपको ताज गोर्खाकी जोसना गुरुङ्गले नगद ५० हजार सहित ट्रफी तथा सेकेण्ड रनर अपको ताज पनि गोर्खाकै प्रसन्न गुरुङ्गले नगद २५ हजार र ट्रफी जितिन । यसै गरि, शुभेच्छा गुरुङ्गले थर्ड रनरअपको ताज जित्न सफल भईन । मृगतृष्णा फेशन हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगिताका निणार्यक मण्डलहरुमा चलचित्र निर्देशक सुवास गुरुङ्ग, गैर आवसिय नेपाली संघ,इगंल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष तथा समाजसेवी एलबी(लाल बहादुर गुरुङ्ग), गुरुङ्ग(तमु) समाजसेवी तथा बोधी टिभीका कार्यकारी सल्लाहकार अनिल दि गुरुङ्ग,पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ्ग,मनाङ्ग ग्रुप तथा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ्ग रहेका थिए । तमु हयूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ्गको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा गुरुङ्ग समुदायको भेषभुषा,संस्कृति झल्कने मनोरन्जनात्मक कार्यक्रम प्रस्तुती समेत रहेको थियो ।
प्रतियोगितात्मक कार्यक्रमले गुरुङ्ग युवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने आयोजक तथा फेशन डिजाईनर तृष्णा गुरुङ्गले जानकारी दिईन । आउदो संस्करणदेखि देश वाहिर रहेका गुरुङ्ग समुदायका अविवाहित युवतीहरुको समेत सहभागिता रहने र त्यसका लागि युरोपबाट सुन्दर गुरुङ्ग र दिल गुरुङ्ग,प्रेम गुरुङ्गले अमेरिकाबाट,सुवाष गुरुङ्गले हङ्गकङ्गबाट र लाल बहादुर गुरुङ्गले युकेबाट कार्यक्रमका लागि समन्वय गर्ने जानकारी आयोजकले दिएको थियो । कार्यक्रमलाई बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग तथा गुरुङ्ग(तमु) सोसाईटी,अमेरिकाका सहकोषाध्यक्ष अन्जित गुरुङ्गले स्पोन्सर्ड गरेका थिए । सेकेण्ड रनर अपको स्पोन्सर्ड भने ग्लोबल नेपाल ईन्टरटेनमेन्टले गरेको थियो । कार्यक्रमको संचालन रण विक्रम शाह र अस्मिता थापाले संयुक्त रुपमा गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी रण विक्रमकै रहेको थियो ।

Tags

छुटाउनु भयो कि ?