लमजुङमा बिद्यार्थी बोकेको बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा बाटो साघुरो भएका कारण पछाडी लिन खोज्दा उक्त बस दुर्घटनामा परेको हो।
मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मेको बाटो भएर बनभोजका लागि जाँदै गरेको ग १ ज ६३१७ नम्बरकाे जीप आज बिहीवार गोया खोल्सामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा कपिलवस्तु वाणगंगा गाउँपालिका-८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका-९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएकाे प्रहरी जनाएको छ ।
प्रहरिका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई चितवन पठाइएको र ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।