News in Nepali

ट्राफिक कार्बाहिमा परेकाले जरिवाना तिरी कागजपत्र लिन पाउने

Lumbinikhabar Online

काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएकाे छ ।

नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात  गर्नुभएको हाे ।

सुरुवातिमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट थालिएको  यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ ।

मदिरा सेवन गरेर गाडी चलाएको, लेन अनुशासन पालना नगरेको र राति बत्ती उल्लङ्घन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सक्नेछन् ।

Tags

छुटाउनु भयो कि ?