News in Nepali

बायर्न संग बार्सिलोनाको हार

Lumbinikhabar Online

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो ।

समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो ।

अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।

बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक/एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो ।

बायर्नका लागि खेलको ४३ औँ मिनेटमा सानेले गोल थपे । त्यस्तै खेलको ६२ औँ मिनेटमा मुसिएलाले गोल गरे । यसअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बार्सिलोना २१ वर्षपछि समूह चरणबाट बाहिरिएको हो ।

Tags

छुटाउनु भयो कि ?