नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ ।
मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन्
छफलका माध्यम बाट उम्मेदवारहरुको टुंगो लगाउनका लागि नेताहरू बिच निरन्तर भेटघाटका कार्यक्रमहरु भइरहेका छन साझा उम्मेदवार छिटो चयन गर्न कार्यकर्ताहरुबाट दबाव आ। जिल्ला र प्रदेशस्तरका नेताहरुसँगको छलफलपछि पौडेल समूह पुनः छलफलमा जुटेको हो ।