पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३६६ संक्रमण मुक्त भएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।