आर्टिकल्स

अश्लील

Lumbinikhabar Online

म अश्लील हुँ साथी म अश्लील हुँ
मेरो हेरो हेर्ने नजरमा अश्लीलता छ
मेरो सुन्ने ध्वनिमा अश्लीलता छ
मेरो फेर्ने स्वासमा अश्लीलता छ
त्यसैले साथी म अश्लील हुँ
मलाई तिम्ले अश्लील देख्नु पनि त अश्लिलता हो हैन र ..?
त्यसैले म तिमिलाई पनि अश्लील देख्छु ।

हो खुला आकाश पनि अश्लील हो
नाङ्गा सूर्य चन्द्रमा र तारा पनि अश्लील हुन
बृहस्पति र वरुण पनि अश्लिल नै देख्छु
त्यसैले म अश्लील हुँ साथी ।

वेदका वाक्यहरुमा अश्लीलता देख्छु
रामायणका श्लोकहरुमा पनि अश्लीलता भेट्छु
विदुरको नीतिमा पनि अश्लीलता महसुस गर्छु
धर्म र ज्ञानमा पनि अश्लीलता पाउछु
यसो त यो प्रबिधि अश्लील छैन कसरी भनु
त्यसैले विज्ञान र आध्यात्मिकता पनि अश्लिल हो
त्यसैले साथी म अश्लील हुँ।

मलाई सभ्य बन्न यो युगले सिकाएको छैन
त्यो शास्त्रले सिकाएको छैन
दोषि इतिहासले सिकाएको छैन
भुत र वर्तमानले सिकाएको छैन
भविष्यले सिकाउला भन्ने आस पनि छैन
त्यसैले साथी म अश्लील हुँ ।
मलाई सभ्यताको पाठ सिकाइयोस ।

Tags

छुटाउनु भयो कि ?