आर्टिकल्स

सर्बाहाराको जीवन कथा

Lumbinikhabar Online

सागर राई जन्मे देखि नै कुजा छन । यति मात्र हैन उनको बोल्ने जिब्रोले पनि साथ दिदैन र खास बोलेको भाषा पनि बुझ्दैनन । खोटाङको एक बिकट गाउमा उनको जन्म भएको थियो । आमा कल्पना राई र बुबा खम्बराज राइको कोखबाट पहिलो सन्तानको रुपमा २०६२ सालको चैत्र सात गते जन्मिएका सागर अहिले सोह्र बर्षका भए तर उनको जीवनलिला भने कहाली लाग्दो छ ।

‘१६ बर्षको कलिलो किशोर जो आज ओछ्यानमै तड्पिरहेको छ जसको घरको आर्थिक अबस्था पनि नाजुक छ । सङ्गैका साथीभाइ बिद्यालयमा लेख पढ गरिरहेका छ्न तर त्यो किशोर घरको बन्द कोठा मै कैदी जीवन बिताइरहेछ । एक्लै बर्बराउदै हड्बडाउदै अध्यारो कोठारुपी झ्यालखानामा जीवनको वास्तविकतालाई महसुस गरिरहेछ ।’
बुवाले ज्यामिको काम गर्नुहुन्थ्यो र खाना खर्च र औषधि उपचरमा काम चलाउनु हुन्थ्यो उहाँको अस्वस्थताका कारण एक बर्ष यता त्यो पनि हुन सकिरहेको छैन । आमा पनि सुगर प्रेसरको रोग तेसमाथी घरको त्यो अबस्थाका कारण मानसिक रोगी भैसक्नु भयो । पैला पैला त आफै काम गरेर उपचार गर्न सकिन्छ भन्ने सोच राखेर खट्ने यो परिवारलाई आज भोलि स्वास्थ्यले नै साथ नदिएपछि सहयोग अपिल गर्न बाध्य भएको बुझिन्छ । चरम गरिबी र नाजुक स्वास्थ्यवस्थाका कारण अचेल त कहिलेकाहीं भोकै बस्नुपर्ने अबस्था रहेको कल्पना राई बताउनुहुन्छ । काम गरेर कमाएको सबै पैसा उपचारमै सकियो । स्वस्थ कमजोर भयो ।लाखौंको ऋण छ अब कस्ले पत्याउछ हामीलाई कल्पनाले निरास हुँदै भन्नुभयो ।

खमराजकी एउटि सानी छोरी छन उनी पनि सबैभन्दा पहिला त बुबाको स्वास्थ ठिक भएको हेर्न चाहन्छिन । किनकी घरको सबै खर्च बुवाले हेर्ने हुदा उहाँ नै रोगी भएपछी घरको अबस्थामा झन सङ्कट आइपरेको छ । जसका कारण आफू अहिले बोर्डिङ स्कुल बाट सरकारीमा पढ्नुपरेको उनी बताउछिन । दाइको अवस्था देखेर रजनि निकै दुखी छन । उनी भन्छिन सबै नेपालिले र नेपाल सरकारले सहयोग गरे मेरो दादा बाच्नुहुन्छ र मेरो सपना पूरा हुनेछ ।

यसरी एउटा परिवारलाई दुख पर्दा आसु पुछिदिने मान्छेको अभाब भैरहेका बेला सहयोग गर्नु हामी सबैको धर्म हो । यो पीडा भोलि जोकोहि लाई पनि हुन सक्छ । एउटा गरिब परिवार हामिसङ्ग दयाको भिख मागिरहेको बेला सहयोग गरौं । जसको लागि उहाँहरुको फोन नम्बर हामिले यहि उपलब्ध गराइदिने छौ ।

Tags

छुटाउनु भयो कि ?