• २०८२ बैशाख २१, आइतबार ( )
कार्यक्रम

नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवलमा ५० देश सहभागी

Lumbinikhabar Online

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिस्पर्धाका लागि
सहभागीता जनाएका थिए ।
नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन नेपाल पर्यटन विकास वोर्ड र चलचित्र विकास बोर्डमा संचालन भएको कार्यक्रममा सहभागीता जनाएका विभिन्न चलचित्रहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदीले वताएका थिए ।
महोत्सवको पहिलो दिन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा संस्थाका संरक्षक नेपाल आर्मीका पूर्व सेनापति रुकमाङ्गद कटुवालका साथै संस्थाका सल्लाहकार राम कुमार हमालको हात बाट उद्घाटन गरिएको थियो ।
त्यस्तै, महोत्सवको समापन यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा तथा , युनेस्कोका कन्ट्री डाईरेक्टर माईकल कर्ट,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मि, बरिष्ठ हांस्य कलाकार उत्तम केसीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल केसी लगायतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए । अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गरिया)। स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।
त्यस्तै कार्यक्रममा जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेन फिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, सर्वोत्कृष्ट चलचित्र निर्देशकको रिकग्निशन अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् ।

कार्यक्रममा कलाकार प्रेम पाण्डे, झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राज लुईटेल,ईभेन्ट डाईरेक्टर तथा कार्यक्रम व्यबस्थापन संघ नेपालका अध्यक्ष लब वहादुर कार्की, पेजेन्ट डाईरेक्टर निशुकान्त झा, संचारकर्मी मनिषा जिसी लगायतका ब्यक्तिहरुलाई आयोजकले सम्मान समेत प्रदान गरेको थियो । साथै उक्त महोत्सवमा विभिन्न राष्ट्रबाट चलचित्र कर्मीहरुका साथै समाजसेवी एवम् कलाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको थियो ।

Tags

छुटाउनु भयो कि ?