जीवनसैली

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय फेरी रद्द गरेको छ

Lumbinikhabar Online

अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले केहीदिनअघि यही बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्न दिने निर्णय गरेका थिए ।

सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भेरियन्टका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ । सरकारको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् । डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।

सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका विदेशी नागरिकलाई लागू भएपनि अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदार लगायतलाई भने लागू नहुने समाचारमा जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?