टप खबर

केपी शर्मा ओलीले चुनाबको तयारीमा लाग्दै एक्कल बहुमत ल्याउने दाबी गरेका छन

Lumbinikhabar Online

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनावको तयारीमा लागेको उल्लेख गर्दै एकल बहुमत ल्याउने दाबी गरेका छन् । नारायणी नदी किनारमा शुक्रबार पार्टीको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशभरबाट जम्मा भएका नेता–कार्यकर्ताको आत्मबल बढाउने गरी देशको सार्वभौमसत्ताको रक्षा, विकास र संविधानलाई सही बाटोमा डोर्‍याउन एमालेको एकल बहुमत चाहिने तर्क गरे । सत्ता गठबन्धनका नेताहरू सहभागी भएको मञ्चबाट उनले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।

निकट भविष्यमा चुनावहरू आउँदै छन्, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं, हामी जनमतको तयारी गर्नेछौं,’ उनले भने, ‘जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ । एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि हो । देशको सार्वभौमताको रक्षा गर्नका लागि हो । देशमा लोकतन्त्र फेरि गुम्न नपाओस्, त्यसको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि । संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ ।’

Tags

छुटाउनु भयो कि ?