मन्त्रिपरिषद बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले उक्त निर्णय गरेकोे जानकारी गराए ।
कार्यकारी अध्यक्षमा नियुक्त अधिकारी नेपाल एयरलाइन्सकै पूर्वकर्मचारी समेत हुन् । निगमको सफल निर्देशकको रुपमा लामो समय सेवा गरेका अधिकारी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।