आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन भनेर मौसम विद हरु को भनाइ छ। तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिकरूपमा रोकिएको छ ।
आगामी २४ घण्टा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

