टप खबर

साउदी विमानस्थलमा ड्रोन हमला, १० जना घाइते

Lumbinikhabar Online

साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ।

साउदी गठबन्धनद्वारा विमानस्थललक्षित हवाई हमला « Nepali Digital Newspaper

गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशिया को हात रहेको छ। यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले केही भौतिक क्षति पुर्याएको जनाइएको छ। शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।

Tags

छुटाउनु भयो कि ?