टप खबर

यी पाइलट जसले जाेगाए ७३ यात्रुसहित चालक दलका सदस्यकाे ज्यान

Lumbinikhabar Online

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।

बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कान्तिपुरलाई बताए ।

विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाएका थिए ।

काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखिएको थियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌ंंमा सुरक्षित अवतरण गराएका थिए । विमानमा तीन बच्चासहित ७३ यात्रु रहेका थिए ।

बुद्ध एयरको काठमाडौँ–सुर्खेत परीक्षण उडान सफल | Himalaya Post

 

Tags

छुटाउनु भयो कि ?