भारतका विदेशमन्त्री एस जयशंकरले जी–२० बैठकलाई सम्बोधन गर्दै तालिबान र अफगानिस्तानबारे धारणा राखेका छन्। उनले अफगानिस्तानसहित हिन्द–प्रशान्त क्षेत्रसहित कयौं विषयको चर्चा गरे।
बैठकलाई सम्बोधन गर्दै जयशंकरले अफगानिस्तानको भूमि आतंकवाद प्रयोजनको लागि प्रयोग हुन नहुने र तालिबानले त्यो सुनिश्चित गर्नुपर्ने बताए।
उनले भारतले तालिबानको सरकारमा समावेशी प्रतिनिधि हुने अपेक्षा गरेको पनि बताए।
जी–२० राष्ट्रका विदेशमन्त्री बिचको अनलाईन बैठकमा उनले फिनल्यान्ड, श्रीलंका, चिलीर तान्जानियाका विदेशमन्त्रीसँग पनि छलफल गरेका थिए।