बिबिध

हामीले लोकतन्त्रको अभ्यास कति गरेका छौ ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

अहिले नेपालको राजनीतिमा युवा पुस्ताहरु त्यति आर्कषित भएको देखिदैन । बिगतमा युवाहरु जति राजनीतिमा सक्रिय थिए अहिले त्यस्तो सक्रिय छैनन् । यो बिषयमा बहस गर्नु पर्ने जरुरी देखिएको छ । देशमा लोकतन्त्र छ । तर लोकतन्त्रको अभ्यास भएको छ की छैन । हामीले लोकतन्त्रको अभ्यास कति गरेका छौ । आज तानाशाह प्रबृतिका मान्छेहरु पनि आफू लोकतन्त्रवादी भएको दाबी गरिराखेका छन् । तर, व्यवहारमा लोकतन्त्रवादी संस्कार कतै देखिदैन । यहानिर समस्या छ ।

लोकतन्त्रको नाममा बदनाम गर्नेहरुको जमात धेरै छ । तिनीहरुलाई समयमै चिन्न जरुरी छ । विश्वमा तानाशाहहरू पतन भइरहेका छन । गैरलोकतान्त्रिक तरिकाले शासनसत्ता सञ्चालन गर्नेहरू नेपालमा पनि पतन हुन्छन । बिगतमा पनि भएकै हुन । जनताका पक्षमा काम गर्नेहरु नै लोकप्रिय हुने हुन । जसले जनताको पक्षमा काम गदैनन् उनीहरु आफै पतन हुन्छन ।

देश र जनताका लागि रात दिन खटेर काम गरिरहेका राजनीतिक दल र तिनका नेताहरु नै जनताका प्रिय हुन्छन । उनैले नै जनताको मन जित्ने हो । कुरा गरेर मात्र हुदैन ब्यवहारमा पनि लागु हुनु पर्छ । जनताको पक्षमा काम गर्ने राजनीतिक दल र तिनका नेताहरु कहिल्लै पराजित हुदैनन् । लोकतन्त्र भनेको प्रतिस्प्रधात्मक राजनीतिक प्रणाली हो । आफूलाई लोकतन्त्रवादी भन्नेहरु अब गम्भिर हुनु पर्ने बेला आएको छ । यो ब्यवस्था भनेको प्रतिस्पर्धाको ब्यवस्था हो । सैद्धान्तिक हिसाबले लोकतन्त्रात्मक शासन सञ्चालन भइराखेका मुलुकमा पनि पूर्ण लोकतान्त्रिक अभ्यास हुन सकेको छैन । लोकतन्त्र जनताकेन्द्र्रित शासन विधि हो । यसको सुदृढीकरण हुन जरुरी छ । शासकीय प्रक्रियाका हरेक चरणमा सर्वसाधारणको प्रत्यक्ष संलग्नता र सहभागिता अहिलेको आबश्यकता हो ।

समाजमा रहेका टाठाबाठा कुलीनवर्गले मात्र लोकतन्त्रको फाइदा लिइरहेका छन । यो नै दुखद पक्ष हो । राजनीतिक परिवर्तन पछि पनि कुलिनवर्गकै नियन्त्रणमा देशको शासन परिचालित हुँदै गएको अवस्था देखियो । व्यवहारमै हेपाहा प्रवृत्ति बढ्दै गयो । वेलाबखत भड्किने हिंसाले लोकतन्त्रको बदनामी हुँदै गयो । व्यक्तिको स्वतन्त्रतामाथि हस्तछेपको अवस्था देखिन थाल्यो ।सत्तामा रहनेहरूले जनताको पिरमर्का बुझन सकेनन् । ठूलो आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्ति देखियो ।

लोकतन्त्रको अभ्यास गर्नु राम्रो कुरा हो । लोकतन्त्रको नाममा बिकृत गर्नु भने राम्रो कुरा होइन । त्यसैले लामो समयदेखि पछि पारिएका या परेका समूह, क्षेत्र, वर्ग र समुदाय पहिचान गरी उनीहरूको सही तवरले उत्थान गरिँदा मात्र लोकतन्त्र विवादरहित रहनेछ । देशलाई संघीय, गणतन्त्रात्मक र धर्मनिरपेक्ष राष्ट्रमा परिणत गर्दासमेत प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिएन । त्यसैले नेपालमा व्यवहारमा लोकतन्त्रको अनुभूति जनताले गर्न पाएका छैनन् ।

आफ्ना प्रतिनिधिलाई ठिक दिशामा अभिमुख गराउने र जनताप्रति जवाफदेही बनाउने प्रक्रियाको थालनी अझै हुन सकेको छैन । यसमा जननिर्वाचित प्रतिनिधिले जनताप्रति पूर्णरूपमा समर्पित रही जवाफदेहीता बहन गर्नुपर्ने जरुरी छ । नेपालमा जनताले व्यवहारमा लोकतन्त्रको अनुभव गर्न पाएका छैनन् । देशलाई संघीय, गणतन्त्रात्मक र धर्मनिरपेक्ष राष्ट्रमा परिणत गर्दासमेत प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिएन । दलगत स्वार्थमा रमाइरहेका दल र तिनका नेताहरू नसुध्रिएसम्म मुलुक र मुलुकवासीको हित सम्भव छैन ।

Tags

छुटाउनु भयो कि ?