मनमाेहन प्राविधिक विश्वविद्यालयले लिमा अधिकारीलाई सिनेट मेम्बर मनोनयन गरेको छ । विश्वविद्यालयले उनलाई व्यवसायी महिलाको कोटा अन्तर्गत सिनेटरमा मनोनयन गरेको हो । प्रदेश १ सरकारको छनौट पस्चात विश्वविद्यालयका उपकुलपति डा. शुभाष श्री पाेखरेलले उनलाई सिनेटर अर्थात विश्वविद्यालय सभा सदस्यमा नियुक्त गरेका हुन । मनमोहन प्राविधिक विश्वविद्यालय ऐन २०७६ को दफा ७ को उपदफा २, खण्ड २ बमोजिम उनलाई उक्त पदमा मनोनयन गरिएको हो । प्रदेश १ काे शैक्षिक धराेहरको रुपमा रहेको मनमाेहन प्राविधिक विश्वविद्यालय राष्ट्रकै प्रथम प्राविधिक विश्वविद्यालय हो । अधिकारी नेपाल चेम्बर अफ कमर्शकी कार्य समिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव हुन । .
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६