टप खबर

राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

Lumbinikhabar Online

नेपालमा राष्ट्रीय जनगणणा २०७८ शुरु गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । त्यस्का लागी आवश्यक जनशक्ती र प्रावधिक तयारी सकेर तथ्यांक सन्कलनका लागी नियुक्त गणकहाँरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भईसकेको अवस्था रहेको छ ।
नेपालमा हरेक १० बर्षमा जनगणना हुनेगरेकोछ । पछिल्लो गणना पछी हालसम्म आउँदा धेरै राष्ट्रीय योजनाका कार्यहाँरुमा धेरै नयाँ निती नियम र कानुन लागु अनि कार्यान्वयन भईसकेका छन । यसरि नै राष्ट्रीय जनगणना २०७८ लागी पनि आफ्नो हक र पहिचानका लागी नयाँ कानुनको ब्यवस्था भई कार्यान्वय भएको छ । जस अन्तर्गत यस पालिको जनगणनामा महिला पुरुष बाहेक आफुले अन्य लिंगिको रुपमा पहिचान बनाउन चाहनेको लागी पनि छुट्टै कोलमको ब्यबस्था २०७८ को जनगणनामा गरिएको छ । पछिल्लो जनगणनामा लिंग पहिचानको लागी महिला, पुरुष र अन्य भनिएर उल्लेख हुने र महिला पुरुष बाहेक अरु कुनै पहिचान खुलाउन चाहेमा अन्य लेखिएको बिकल्प रोज्नु पर्ने बाध्यता थियो । २०७८ को राष्टृय जनगणनामा भने आफुले खुलाउन चाहेको पहिचान उल्लेख गर्न पाउने ब्यबस्था र अधिकार, यस समबन्धी लागु गरिएको नयाँ कानुनले सुनिश्चित गर्ने भएको छ ।
राष्ट्रीय जनगणना २०७८को लागी बिभिन्न प्रदेश स्तरमा सुपरिबेक्षेकहरुका लागी पुनरताजकी तालिम भईरहेकोछ । सोही सिलसिलामा झापा जिल्लाको लैङ्गिक तथा अल्पसंख्यकहाँरुको हक हितका लागी लिड नेपाल झापाले काम गर्दै आईरहेको छ ।
राष्ट्रीय जनगणना २०७८ को लागि विभिन्न प्रदेश स्तरमा जनगणनाको तयारी शुरु भएको छ ।सोही अन्तर्गत झापा जिल्लामा सुपरिबेक्षहरुको पुर्णताजकी तालिम भैरहेको छ ।उक्त तालीम मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा जानकारी दिदै सहि तथ्यांक सन्कलन गर्ने विषयमा छलफल गर्दै झापाको दमक बहुमुखी क्याम्पस र भद्रपुरको मेची क्याम्पसमा झापाको क, ख भनी छुट्टै तथ्याङ्क बिभाग खडा गरिएकोमा हिजो र आज महिला ,पुरुष तथा अन्य लिङी महल मा सूचना सङ्कल गर्नुको लागी पुर्णताजकी कार्यक्रम गरयो ।नुमा लिम्बू चन्चला (लिड नेपाल झापा), निल हिरा समाज (काठमाडौं) ले भदौं ३० गतेबाट घरदैलो कार्यक्रम अन्तर्गत तथ्यांक संकलना शुरु गर्ने भएको छ ।
मेरो गणना ,मेरो सहभागिता मुल नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका कोही नछुटोस्, कोही नदोहरियोस भन्ने उद्देश्य लिएर लिड नेपाल्,झापाका अध्यक्ष नुमा लिम्बु चन्चला सक्रीय रुपमा सहभागिता जनाईरहेकी छिन । आफुले हकहित र पहिचानका लागी काम गरिरहेको समुदायको सबैले सही पहिचान सुनिश्चित हुन पाउन पर्छ भन्ने आफ्नो धारणा रहेको पनि चन्चलाले बताउनु भयो ।

Tags

छुटाउनु भयो कि ?