News in Nepali

आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु

Lumbinikhabar Online

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना आजबाट सुरु हुँदैछ। जनगणनाको यो १२ औँ संस्करण हो। यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।केन्द्रीय तथ्यांक विभागले आज देशभरिका ७७ वटै जिल्लामा घर तथा घरपरिवारको सूचीकरण गरेको छ। त्यस्कालागी ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको विभागले जनाएको छ।

गत आइतबार र सोमबार तालिम लिएका सुपरिवेक्षकलाई विभागले आजबाट सूचीकरणको लागी खटाएको हो।असोज १८ गतेसम्म चल्ने जनगणनामा घरपरिवारको सदस्यको विवरण,महिला,पुरुष,यौनिक तथा लैंगिक,अल्पसंख्यकको संख्यात्मक विवरण भरिने छ।

विभागका अनुसार,घरपरिवारको सदस्यको बैंक खाता रहेको,नरहेको ऋणको अवस्था,व्यक्तिगत घरको संख्या,घरको प्रकार,तथा साथै घरपरिवारले पालेको पशु तथा पंक्षीको संख्या समेत उतार्ने जनाएको छ।

यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत बिवरण लिइनेछ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो ।नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसपछि नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ।

Tags

छुटाउनु भयो कि ?