सङ्खुवासभाको मादी नगरपालिका -१ खोला गाउँमा भएको बीभत्स हत्यामा संलग्न २६ वर्षिया लोक बहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । गत सोमबार बिहानै एकै परिवारका ६ जनाको हत्या गरेको स्वीकार गरेपछि । आइतबार प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।
व्यक्तिगत रिसइवीका कारण ५८ वर्षिय तेजबहादुर कार्की र उनकी ८४ वर्षिय आमा पार्वती कार्की, ५२ वर्षीय श्रीमती कमला कार्की, ३२ वर्षीय बुहारी रन्जना कार्की , ११ वर्षिया नाति दिपेन कार्की, र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका छन ।
प्रहरीलाई बयान दिने क्रममा लोकबहादुरले सबैभन्दा पहिला दाउराको चिर्पटले हानेर तेजबहादुर कार्कीलाई मारेको र तेसपछी अरुहरुलाई क्रमशः लखेटेर मारेको बताएका छन ।