खेलकुद

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको शानदार जित

Lumbinikhabar Online

डेब्यू खेलमा क्रिष्टियानो रोनाल्डो चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।

जितसँगै युनाइटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले ४ खेलमा १० अंक जोडेको छ । न्युकासल १ अंक जोडेर १९औँ स्थानमा छ ।

Tags

छुटाउनु भयो कि ?