तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज शुक्रबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार बिहान १० बजेपछि शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीको आईपिओमा ४१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकबाट ३ करोड १० लाख ९२ हजार ३० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ४१.७९ गुणा बढी हो ।
कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको थियो भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको थियो। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएक हुन्।
माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । कम्पनीको आईपिओ ७४ हजार ४ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख भन्दा बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि यो आवेदन भेरिफाई हुनु अगाडीको तथ्यांक रहेकोले अन्तिम डाटा केहि तलमाथि हुन सक्ने छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि गरेको हो । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण सम्पन्न गरेको छ भने तेह्रथुम मै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।
कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ । बिजपाटीले लेखेकाे छ ।