यस वर्ष जुन महिनामा धैरै खतरनाक डेल्टा भेरिएन्ट फैलिएपछि त्यहाँ संक्रमण तीव्र बनेको छ, प्रतिबन्ध पनि कडा पारिएको छ।
यीमध्ये धेरैजसो संक्रमित हो ची मिन्ह भन्ने सहरमा देखिएको छ।
उनले कसरी सारेका थिए कोरोना भाइरस?
जेल सजाय सुनाइएका २८ वर्षीय ले वान गत जुलाईमा मोटरसाइकल चढेर हो ची मिन्ह भन्ने सहर हुँदै आफ्नो घर रहेको प्रान्त माऊ गएका थिए।
माऊमा वानले आइसोलेसनको नियम पालना गरेनन्, हो ची मिन्ह सरहबाट आएको कुरा स्थानीय अधिकारीलाई भनेनन्, ढाँटे।
त्यसबेलाको नियमानुसार बाहिरबाट आउनेले कम्तीमा २१ दिन आइसोलेसनमा बस्नुपर्थ्याे।
पछि वान कोरोना पोजिटिभ देखिए र उनले आफ्नो परिवारका सदस्यसहित एक सामाजिक कार्यकर्तालाई पनि भाइरस सारेको पाइयो।