राजनीति

बिनोद कुमार लामा ककनी ८ बाट काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

Lumbinikhabar Online

नुवाकोट ककनी गाउँपालिका ८ न. वडा बाट युवा नेता बिनोद कुमार लामा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनबाट लामा सर्वसम्मत चयन भएका हुन् ।

स्थानीय स्तरमा निकै प्रभावशाली छवि बनाउन सफल रहेका युवा नेता लामा आफू सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको जानकारी दिएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै आगामी दिनमा सिंगो वडा, जिल्ला र प्रदेशको विकास र युवाहरु परिचालनमा विशेष सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?